चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु, चारजना घाइते

लुम्बिनी प्रदेश बिशेष

रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका  १५ वर्षिय श्यामसुन्दर यादवको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

मर्चवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

त्यसैगरी चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका–१ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव चट्याङबाट घाइते भएको प्रवक्ता थापाले बताएका छन् । 

उनीहरुलाई उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *