नेपालगन्ज : देशभरिका मजदुर एक होउ भन्ने मुल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले नेपालगन्जको बि-पी- चोकमा दीप प्रज्वलन गरेर छैटौं स्थापना दिवस मनाएको हो ।
स्थानीय बि-पी- चोकमा भेला भइ एम्बुलेन्स चालकहरुले संयुक्तरूपमा दीप प्रज्वलन गरेर, केक काटेर स्थापना दिवस मनाएको संयुक्त एम्बुलेन्सचालक संघ बाँकेका अध्यक्ष मधु बोगटीले बताए ।
संयुक्त एम्बुलेन्स चालक संघका लुम्बिनी प्रदेश अध्यक्ष राजिव कुमार गुप्ताको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा प्रदेश उपाध्यक्ष दिनेश राना, बाँकेका सचिव भुवन थारु लगायतको उपस्थिति रहेको थियोे ।
बाँके जिल्ला अध्यक्ष बोगटीले हामी सम्पूर्ण एम्बुलेन्स चालकहरु एकजुट भइ आफ्ना हकहितका लागि लड्ने र बिरामीहरुलाई छिटोछरितो सेवा दिइरहेको बताए ।
दीप प्रज्वलनमा बाँके जिल्लाबाट सञ्चालित एम्बुलेन्स चालकहरु र एम्बुलेन्स चालक संघका नेताहरूको बाक्लो उपस्थित रहेको थियोे ।

