प्रदेश मन्त्री नमुनाले गरिन् नेपालगन्ज महोत्सवको उद्घाटन

अर्थ / बाणिज्य नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज- घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा गरिएको नेपालगन्ज महोत्सवको उद्धघाटन भब्य रुपमा भएको छ । उक्त महोत्सवको उद्धघाटन  लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी थिइन् ।

‘समृद्द नेपालको प्रमुख आधार ब्यापार कृषि, पर्यटन , सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ आजदेखि सञ्चालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन नेपालगन्जको धम्बोझी चोक देखि महोत्सव स्थल सम्म सांकृतिक झाकी सहित र्यालीको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश मन्त्री नमुनाले महोत्सव उद्धघाटन कार्यक्रममा विगतको कोभिडबाट बिथोलिएको अर्थतन्त्र र त्यसबाट थलिएको उद्योग व्यापार बजारीकरण गर्नको निम्ति लक्ष्य र उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्न शुभकामना दिएकी छन ।

उनले कार्यक्रम महोत्सव लगाउने पक्षमा भनिन, ‘यो एकदमै सकारात्मक छ र चुनौतीहरु यो समयमा सामना गर्नुपर्ला तर पनि यहाँका उद्योगी, व्यवसायी साथीहरु निम्ति धरै ठूलो अवसर हो ।’ उनले यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्ने बताएकी थिइन् ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंहले लुम्बिनी प्रदेशकी मन्त्री नमुना केसी सहित उपस्थित सबै सरोकारवाला पक्षहरुको ध्यानार्षण गराउदै स्थानिय निकायले आफुहरुलाई नजर अन्दाज  गरिएमा भने घाटामा हुने बताएका छन ।
उनले भने, ‘म भन्न चाहन्छु । तपाई यसो स्थानिय निकाय सञ्चालन ऐन हुर्नुस । त्यो एनमा हामी तपाईको पदेन सदस्य छौं । स्थानिय संचालन ऐनले तपाईको पालिका भित्र रहेका घरेलु तथा साना उद्योगीका हक हितका लागि काम गर्ने संस्था पालिका अध्यक्ष पदेन स्थानिय निकायको राजश्व परामर्शमा बस्नु भएको छ । यो त्यत्तिकै बस्नु भएको छैन होला !’
उनले थप भने, ‘त्यो ऐनको भावनालाई तपाईले कदर गर्नुहुने विश्वास लिएको छु ।’

यस्तै उद्धघाटन समारोह एंव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु कुमारी खड्काले उद्यमी व्यवसायीको अवस्थालाई समग्र दर्शक समक्ष जानकारी गराउँदै आफुहरु तिर सरकारको ध्यान नरहेको जिकिर गरिन । लाखौंको लगानीमा सञ्चालन भएको महोत्सवमा स्थानिय सरकार आफुहरु बीच रहेको महसुस गर्न नपाएको बताईन ।
माघ २४ गते सम्म सञ्चालन रहने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभासद रत्न खत्री, अम्बिका काफ्ले , नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट,  बढैया ताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि-क-, विभित्र राजनीति दलका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *