बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित

शिक्षा स्थानीय तह स्वास्थ्य/ खेलकुद

नेपालगन्ज: जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ।

असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा- पाण्डे पनि पर्नु भएको हो ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख छ ।

डा- पाण्डे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लामो समयसम्म अस्पताल सहायक निर्देशकको रुपमा कार्यरत रहनु भएको थियोे । हाल उहाँको नेतृत्वको जिल्ला अस्पताल बर्दिया गुणस्तरीय सेवामा लुम्बिनी प्रदेशमै उत्कृष्ट मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *