नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा रहेको बुलबुलीया श्मशान घाट अहिले मर्मतसम्भारका लागि दाताहरुको पर्खाइमा रहेको छ ।
हुनेखाने र धनी मानिसको घर घरानामा मृत्यु भएको अवस्थामा राप्ती नदिको सिद्दनिया घाट, अगैया घाट, मानखोला, बर्दियाको भादा घाटमा प्राय लैजाने गरिन्छ तर गरिब दिन दु:खीको परिवारमा मृत्यु भएको अवस्थामा नेपालगन्ज शहरको मुटुमा रहेको बुलबुलीया श्मशान घाटमा लगेर जलाउने वा गाड्ने गरिन्छ ।
उच्च अदालत तुल्सीपुर इजलासले श्मशान घाटलाई स्थानीय सरकारले व्यवस्थित गराउनुपर्ने आदेश दिइसकेको छ तर त्यहाँको अवस्था हेर्दा दयनीय रहेको देखिन्छ । शवलाई जलाउने ठाउँमा बनाइएको टीनको छाना छियाछिया भएर चुहिने भएको छ भने त्यहाँ नुहाउनका लागि पनि पानीको व्यवस्थापन गरिएको देखिदैन ।
शवलाई गाड्नेहरुले पनि त्यहाँ रहेको झाडीले गर्दा बाटो नै नपाएको गुनासो गरिरहेका छन् । त्यहाँ रहेको बुलबुलीयाको रेखदेख गर्ने साहसिक महिला कलाबती नेपालीका अनुसार कसैले पनि मर्मतसम्भारका लागि पहल नगरेको गुनासो गरिन् । पर्याप्त मात्रामा दाउराको अभावमा कहिलेकाहीँ लासको केही टुक्रा त्यतिकै छाडेर जानेर त्यसलाई कुकुरले तितरवितर गरेको उनले बताइन् । आफुले लामो समयसम्म कामगर्दा पनि कहि कतैबाट काम गरेबापत ज्याला नदिएको गुनासो उनले सुनाइन् ।
नागरिक पथको टीम उक्त ठाउँमा जादा त्यहाँका टीनहरु मर्मतसम्भार गर्ने भएका, त्यहाँको झाडीलाई सरसफाइ गर्नुपर्ने देखिन्थ्यो । साथै त्यहीँ शव जलाउनका लागि दाउराको व्यवस्थापनका साथै पानीको ओत लाग्ने अरु दुईवटा जति छाप्रो बनाउन आवश्यक देखिएको छ।
