नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनामा र सुपर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. को व्यवस्थापनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

“हाम्राे वडा राम्राे वडा” भन्ने मूल नारा लिएर काम गरिरहेको वडा नं ४ ले बिरामीहरुको स्वास्थ जाँच गर्नुका साथै शंकास्पद बिरामीको थाईराइड, युरिक एसिड, लिपिड प्रोफाइल, मधुमेह लगायतको जाँच नि:शुल्क गरिएको वडा अध्यक्ष गोपाल पुनले बताए ।

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत तथा सुपर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. का सञ्चालक बरिस्ठ फिसिजियन तथा थाईराइड तथा हर्मोन रोग स्पेशलिष्ट डा. अल्तवान राईले बिरामीहरुको स्वास्थ परिक्षण गरेका थिए ।

उक्त शिविरमा १ सय ५५ जना बिरामीले सेवा लिएका थिए । उनीहरुको रगत परीक्षणको लागि सुपर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि.मा लिइएको थियो । उक्त रिपोर्ट वडाको स्वास्थ्य विभागबाट उपलब्ध गराइने वडा अध्यक्ष पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *