गुल्मीको मदाने ७ रोल्म डाँडामा परम्परागत सराय नाँच सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ स्थित ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको रोल्म डाँडामा एकादशीको अवसरमा परम्परागत सराय नाँच शुक्रबार  भव्य रुपमा सम्पन्न भएको छ।

स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु तथा दर्शनार्थीहरूको ठूलो उपस्थितिमा आयोजना गरिएको यस कार्यक्रममा परम्परागत पोशाकमा सजिएका सराय नर्तकहरूले खुकुरीसहितको आकर्षक प्रस्तुतिले वातावरणलाई उत्सवमय बनाएका थिए।

कार्यक्रममा सहभागीहरूले सराय नाँचलाई स्थानीय सबै समुदायको  सांस्कृतिक पहिचान तथा एकताका प्रतीकका रुपमा लिएका छन्। धार्मिक विश्वासअनुसार एकादशीको दिन सराय नाँच गर्ने परम्परा वर्षौंदेखि निरन्तरता पाइरहेको छ।

यस अवसरमा स्थानीय समाजसेवी, बुद्धिजीवी र युवाहरुले आफ्नो संस्कृति जगेर्ना गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्। उक्त नाँच हेर्नको लागि छिमेकी जिल्ला अर्घाखाँची र प्युठानबाट समेत मान्छेहरु आउने गरेको वडा अध्यक्ष सन्तोष केसीले बताए ।
फोटो : सुशील घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *