नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित

मुख्य खबर स्वास्थ्य/ खेलकुद

नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा- रोमन किदुवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ।
असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा बरिस्ठ सर्जन डा- किदुवाई पनि पर्नु भएको हो ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख छ ।

डा- किदुवाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लामो समयसम्म अस्पताल सहायक निर्देशकको रुपमा कार्यरत रहनु भएको छ । हाल उहाँको नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *