नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोग र अन्य संस्थाहरुको सामूहिक आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न

स्थानीय तह स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा र अन्य सामाजिक संस्थाहरुको आयोजनामा बाँकेको राँझामा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य शिविरमा फिजिसियन सेवा, बालरोग सम्बन्धि सेवा, अाँखाको जाँच, फिजियो केयर सम्बन्धि जाँच लगायतको सेवा दिइएको थियोे । जसबाट ३०० जना भन्दा बढीले, जनरल, बालबालिका ,  आँखा लगायतको  सेवा लिएका थिए । उक्त शिविरमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सहायक निर्देशक तथा  वरिष्ठ सर्जन डा- रोमन किदुवाई, बालरोग विशेषज्ञ डा- पीयूष कानोडिया, ग्यास्ट्रोलोजी डा- गौरभ श्रेष्ठ, फिजिसियन डा- सुभाष जि-सी- लगायतका डाक्टरले सेेवा दिनु भएको थियोे साथै शिविरमा नि:शुल्क औषधि समेत वितरण गरिएको थियोे ।

उक्त शिविरको आयोजना गर्ने संघ संस्थाहरुमा लायन्स क्लव अफ नेपालगन्ज एभरेस्ट, हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर, मनमाया मेमोरियल फिजियोथेरापी सेन्टर, जुनियर रेडक्रस सोसाइटी र फत्तेवाल अँाखा अस्पताल लगायतका रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *