नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले भर्खरै प्रकाशित भएको कक्षा १२ को रिजल्टमा उत्कृष्ट नतिजा दिन सफल रहनुहुने शिक्षकहरुलाई सम्मान गरेको छ ।

उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा विद्यालयका कार्यकारी अधिकृत गणेश भण्डारी, प्रिन्सिपल मान बहादुर थापा, विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका सह प्राचार्य दिपेन्द्र शर्मा, विद्यालयका इन्चार्ज केपी घिमिरे, विद्यालयका शेयर सदस्यहरु दामोदर घिमिरे, बिनोद कुमार न्यौपाने लगायतको उपस्थिति सम्मान गरिएको थियोे ।


सम्मानित हुनु हुने शिक्षकहरुमा कुल बहादुर भण्डारी, केशब डुम्रे, र लेखाराम श्रीवास्तव रहनु भएको कार्यकारी अधिकृत भण्डारीले बताउनुभयो ।

उक्त कार्यक्रममा उपस्थिति सम्पूर्ण शिक्षक शिक्षीकाहरुले विद्यालय परिवारले गरेको सम्मान कार्यक्रमबाट खुसी भएको बताउदै आफुहरुपनी उत्कृष्ट नतिजा दिन सक्दो कोशिश गर्ने बताउनुभएको थियो ।

