शैक्षिक सुधारका लागि कोहलपुर नगरपालिकाका मेयरलाई अखिल क्रान्तिकारीद्रारा मागपत्र पेस

शिक्षा स्थानीय तह


कोहलपुर: नेपाल कम्युनिस्ट पार्टी बहुमतको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई २६ बुदे मागपत्र पेस गरेको छ ।
उक्ति २६ बुदे मागपत्रमा सरकारी पदधारण गरेका व्यक्तिहरुले निजी विद्यालय खोल्न नपाउने, आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गराउनुपर्ने, विद्यालयबाट दिइने सेवा सुविधा नागरिक बडा पत्रमा बनाएर राख्नुपर्ने, विद्यालयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गरिनुपर्ने लगायतका रहेका छन् ।
उक्त मागपत्रमा आयोजक समिति सदस्य दिपा गुरुङले हस्ताक्षर रहेको छ । यदि मागलाई १० दिन भित्रमा सम्बोधन नगरिए चरणबद्ध आन्दोलन गरिने बताइएको छ ।
हेर्नुहोस् मागपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *