नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले बाल मैत्री समाजको अाधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ प्रभात फेरि गरेर राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाएको छ ।

उक्त विद्यालयबाट सुरु गरिएको प्रभात फेरि गणेशमान चोक, चारबाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक , बि-पी- चोक हुदै पुनः विद्यालयमा पुगेर सकिएको थियोे ।


बाल शोषण गर्न पाइदैन, बाल बिहाहको अन्त्य गरौं, राष्ट्रिय बाल दिवस सफल पारौं लगायत लेखेको प्लेकार्ड बोकेर, नारा लगाउदै प्रभातफेरी गरिएको थियोे । विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका सह प्राचार्य दिपेन्द्र शर्मा, विद्यालयका इन्चार्ज केपी घिमिरे, विद्यालयका शिक्षीका जमुना क्षेत्री , प्रतिभा आचार्य लगायतको टीमले उक्त प्रभात फेरिलाई नेतृत्व गर्नुभएको थियोे भने र्यालीमा सयौंको सङ्ख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।
