बाँके- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) राप्ती सोनारी गाउँपालिकाले २७ औं जनयुद्ध दिवस राप्ती सोनारी वार्ड नं ६ को सहिद स्मृति पार्क संरक्षण केन्द्र प्राङ्गणमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका भरिका ६८ जना सहिद तथा बेपत्ता परिवारजनलाई दोसल्ला ओढाएर प्रमुख अथिती नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज अथकले सम्मान गर्नुभएको थियो ।
जनयुद्ध दिवसको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रिय अनुशासन आयोग सचिब अशोक रोकाय संकल्प ,लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्णा के-सी- नमुना , पार्टीका लुम्बिनी प्रदेश सदस्य क.सब्बिर खाँ लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
जनयुद्ध दिवसकै अवसरमा ७७ जना युबाहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रमकको अध्यक्षता पार्टी अध्यक्ष क.चिम बहादुर घर्ती (निर्मल),संचालन पार्टी सचिब क.सुर्य प्रकाश घर्ती मगर र स्वागत मन्तव्य उपाध्यक्ष क.जनक बहादुर थारुले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा थारु साँस्कृतिक नृत्य ,जनबादी गित र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नै सहिद तथा बेपत्ता परिवारजन सङग अन्तरकृया गरि गाउँपालिका स्तरीय सहिद तथा बेपत्ता परिवार १५ सदस्यीय समिती निर्माण समेत गरेको छ । उक्त समितिमा अध्यक्ष ठग्गु प्रसाद पोखरेल ,उपाध्यक्ष मन बहादुर घर्ती ,सचिब पल बहादुर ओलि,सह-सचिब पुजा कुमाल र कोषअध्यक्ष उमेश मौर्य चयन हुनुभएको गाउँ पालिका पार्टी सचिब सुर्य प्रकाश घर्तीले जानकारी दिनुभयो ।

