नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको सातौं विस्तारित बैठक आज कोहलपुरमा बसी सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचेतक माननीय पार्बती पुन उषाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४५ भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियोे । उक्त प्रशिक्षण युक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल बाँकेको नव निर्वाचित कोहलपुर नगर कमिटीका पदाधिकारीहरु तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियोे ।


आज बसेको प्रेस सेन्टरको बैठकले जग्गा खरिद गरेर वा जग्गा दिने दाता भेटाएमा आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ जसको लागि प्रेस सेन्टर नेपाल बाँकेका उपाध्यक्ष राजेश आचार्यको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन गरि जग्गा खोज्ने निर्णय गरिएको छ ।
प्रमुख अतिथि उषाले प्रेस सेन्टरको भवन बनाउन आफुले आवश्यक पहल गर्ने बताउनुभएको छ । उक्त विस्तारित बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, केन्द्रीय अनुशासन आयोगका सदस्य सुशील लामिछाने, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, सचिव आलाम खान, सदस्य हेमन्त चौधरी, पालिका स्तरीय अध्यक्षहरु र जिल्ला कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले बताउनुभयो ।
