युवा संघ नेपाल बाँकेको भेलाबाट अध्यक्षमा रसाइली

लुम्बिनी प्रदेश बिशेष



नेपालगन्ज – नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल बाँके जिल्ला भेला सम्पन्न भएको छ । भेला बाट क. सुनिल रसाइली अध्यक्षमा सर्वसम्मत रुपले चयन भएका छन् ।
उक्त भेलाबाट उपाध्यक्षमा क. दिपेन्द्र कुवर र प्रकाश रसाइली (उपाध्यक्ष) सचिवमा क. वकिल कुमार यादव , उपसचिवमा क. मदन बिक, क. सुनिल बर्मा क. सुमन शाही कोषाध्यक्षमा , क. लक्ष्मी क्षेत्री  लगाएत  ३३ सदस्यीय कमिटी गठन गरिएको  नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक कोइरालाले बताए ।
कार्यक्रमका प्रमुख अतिथी, जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य कोईरालाले शनिबार नवगठित युवा संघका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै नवगठित युवा संघ नेपालको सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गरेका थिए  । आगामी दिनहरुमा नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका युवाहरुलाई २५ युवा बराबर एक उद्योग स्थापना गरेर युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ विकृती भ्रष्टाचार र लागू औषध नियन्त्रण सम्बन्धि काम गर्न निर्देशन दिएका छन्  ।
नवनिर्वाचित अध्यक्ष रसाइलीले सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गर्दै पार्टीको नीति विधि र विधान अनुसार संगठनलाई सम्पुर्ण पालिका र वडा सम्म बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी बाँके जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापा, युवा संघ नेपाल केन्द्रीय महासचिव दिपक जि एम, सचिव सुशील भट्टराइ, बाँके प्रचार विभाग संयोजक करिश्मा योगी, युवा संघ केन्द्रिय सचिवालय सदस्य बिनेश चन्द्र गुप्ता जिल्ला सचिवालय सदस्य रामदिप पाठक लगायत नेकपा एकीकृत समाजवादीमा आस्थावान करिब ३ सय बढी युवाहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *