६१ औं राष्ट्रिय नर्सिङ दिवस नेपालगन्ज मेडिकल कलेजमा मनाइयो

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : “जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ६१ अौँ राष्ट्रिय  नर्सिङ  दिवस नेपालगन्ज मेडिकल कलेजमा मनाइएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङहरुको उपस्थितिमा अस्पतालका निर्देशक डा- एम किदुवाईक‍ो प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो ।
रातदिन नभनी बिरामीको सेवामा जुट्ने नर्सिङ कर्मचारीहरुलाई अझैसम्म पनि न्युनतम पारिश्रमिक नपाएको गुनासो आइरहेको बेलामा राष्ट्रिय नर्सिङ दिवस मनाउँदै नर्सिङ कर्माचारीहरेले स्टाफ नर्सलाई नेपाल सरकारले सेवा प्रवेश गर्दा नै प्राविधिक सुब्बा सरहको तलब सेवा सुविधा दिनुपर्नेमा जोड दिएका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मनाइएको नर्सिङ दिवसमा केक काटेर खुसी साटासाट गरिएको थियोे । उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा- एम किदुवाई, सहायक निर्देशक डा- रोमन किदुवाई, नर्सिङ इन्चार्ज मेट्रोन ममता शर्मा लगायत  नर्सिङ अधिकृत, नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा पनि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कनोडियाको प्रमुख आतिथ्यमा राष्ट्रिय नर्सिङ दिवस मनाएको शिक्षण अस्पताल कोहलपुरकी मेट्रोन ललिता शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *