जिभिएन मा-वि- नेपालगन्जले गर्यो तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

शिक्षा स्थानीय तह

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालगन्जमा रहेको जिभिएन मा-वि- ले आन तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन  अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले आज विद्यालयको प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियोे ।

बिहान ८ बजे सुरु भएको कार्यक्रम दिउँसो २:३० बजे सम्म नाँचगान गरेर विद्यार्थीहरुले रमाइलो गरेका थिए । विद्यालयले शिक्षक तथा विद्यार्थीहरुदाई दर खुवाएर शुभकामना दिएको विद्यालयका सिइओ गणेश भण्डारीले बताउनुभयो ।

कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थी वर्षा पाण्डेले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरुले स्टेजमा तीज सम्बन्धि नाँच देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *