नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजनामा दीप प्रज्वलन

लुम्बिनी प्रदेश बिशेष


नेपालगञ्ज –  नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चोक र नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर कमिटी  अध्यक्ष तथा वाइसीएल नेपालका केन्द्रीय उपमहासचिव  रतन बहादुर शाहीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी  सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिकका आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो ।

निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने फेरी गाउ घर आउन सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बाँके सचिव डिल्ली बराल , व्यवसायी नेता एंव नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *