नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके नेपालगन्ज उपमहानगरपालिका कमिटीद्वारा जनयुद्धको क्रममा सहिद भएका, वेपत्ता पारिएका परिवारजनलाई एक कार्यक्रम गरि सम्मान गरेको छ ।

नेपालगन्जमा रहेको होटद द्रव्य कुटीमा भएको कार्यक्रममा देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा सहादत प्राप्त गर्नु हुने सहिदका परिवारलाई र सोही समयमा राज्य पक्षबाट वेपत्ता पारिएकाहरुको परिवारजनलाई सम्मान गरिएको पार्टीका नगर अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य रतन बहादुर शाहीले बताउनुभयो ।
लुम्बिनी प्रदेश मन्त्री माननीय कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सहसचिव अक्कल बहादुर बम, पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, सचिव डिल्ली बराल, पार्टीका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, मिना चदारा लगायतको उपस्थिति रहेको थियोे ।
जनयुद्धको क्रममा कसैले श्रीमान, कसैले श्रीमती, कसैले बुबा, आमा, दाजुभाइ, दिदीबहिनी गुमाउनु परेको थियोे, सहिद तथा वेपत्ता परिवारका सदस्यहरुमा पार्टीले सम्मान गरेकोमा खुसी व्यक्त गरेका थिए ।


