नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वर्ष २०२२/२०२३ का लागि नयाँ कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज नेपालगन्जको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा वर्तमान अध्यक्ष लायन सुमन गिरी श्रेष्ठले नयाँ अध्यक्ष बसन्ता शर्मालाई पद हस्तान्तरण गर्नु भएको छ ।


डिष्ट्रिक एक्सुकेटिभ चिप लायन ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जोन चियर पर्सन ला- सरु मल्ल, डिष्ट्रिक चिप ला- सन्तोष पौडेल, लायन मिना ढकाल, लायन डा- रोमन किदुवाई,
लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका वर्ष २०२०/२१ का अध्यक्ष लायन दिपक गुप्ता, वर्ष २०१९/२०२० का अध्यक्ष लायन केपी घिमिरे लगायत क्लबका सदस्यहरुको उपस्थित रहेको क्लबकि सचिव लायन खेमा भण्डारीले बताउनुभयो ।
नव निर्वाचित अध्यक्ष ला- बसन्ता शर्माले आगामी कार्यकालको भावी क्लबले गर्ने योजना प्रस्तुत गर्नु भएको थियोे । क्लवमा नयाँ क्लब सदस्य लायन करन वर्मा, लायन प्रेरणा शर्मालाई प्रमुख अतिथि ला- ज्ञानेन्द्र श्रेष्ठले पिन लगाएर सदस्यता दिनु भएको थियो ।
निवर्तमान अध्यक्ष लायन सुमन गिरी श्रेष्ठले पास्ट प्रेसिडेन्ट लायन केपी घिमिरे र लायन दिपक गुप्तालाई मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त औपचारिक कार्यक्रमको पहिलो सेसन लायन खेमा भण्डारीले सञ्चालन गर्नु भएको थियो भने दोस्रो सेसन लायन बेबी मण्डलले गर्नुभएको थियोे । सोही अवसरमा लायन सुमन गिरी श्रेष्ठले पुरुष लायन्सहरुलाई नेपाली टोपी र महिलाहरुलाई साडी वितरण गर्नुभएको थियोे ।
