बासगढीमा  सार्वजनिक सुनुवाई सम्पन्न, स्वास्थ्य संस्थामा थर्मोमिटरको व्यवस्था गर्न नागरिकको सुझाव

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



बर्दिया – बर्दियाको बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको सहजिकरणमा बासगढी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाहरुले आफ्नो प्रगति प्रतिवेदन बुझाउन नसक्नु चिन्ताको विषय भएको भन्दै अबिलम्ब प्रतिवेदन तयार गरि सार्वजनिक सुनुवाई  गर्न आग्रह गरे ।

बासगढी नगरपालिकाले हाल सम्म गुरुयोजना बनाउन नसक्नु, स्वास्थ्य संस्थामा थर्मोमिटर नहुनु चिन्ताको विषय भएको बताउदै बासगढी उधोग व्यापार संघका अध्यक्ष इश्वर प्रसाद थारुले स्वास्थ्य प्रति गम्भीर हुन नगर प्रमुखलाई आग्रह गरे ।

नगरका मेयर खड्का बहादुर खड्काले स्वास्थ्यमा देखिएको समस्या समाधान गर्न आफु लागि परेको बताउँदै नगरको समृद्धिका लागी प्रत्येक नागरिकले आफ्नो दायित्वलाई पनि आत्म साथ गर्नु पर्ने अधिकार खोज्दै गर्दा दायित्व पनि पुरा गर्नु पर्ने खड्काले बताए ।

नगरले गरेका कामहरु प्रति जनतालाई सुसुचित गर्दै नगरका मेयर खड्काले कोहि कसैले पनि ठग्ने नियतले काम गरेको भए त्यसबाट उन्मुक्ती नपाउने जिकीर गरे । विकास निर्माणको काममा कहि कतै पनि पूर्वाग्रह नराखी पारदर्शिक र गुणस्तरीय कामलाई स्याबासी र बदमासी गर्नेलाई कार्बाही गरिने उल्लेख गरे ।

कार्यक्रमको सहजिकरण मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका टिम लिडर आलम खानले गरेका थिए भने कार्यक्रममा सरोकारवाल विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र नगरवासीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *