नेपालगन्ज : सामुदायिक मेलमिलापकर्ता समाज नेपालको आयोजनामा मेलमिलाप सम्बन्धी ८ दिवसीय (४८ घण्टे) आधारभूत तालिम नेपालगन्जमा सुरु भएको छ ।
सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री इश्वर प्रसाद खतिवडाबाट उक्त तालिमको उद्घाटन गरिएको हो । “हाम्रो समस्या,हाम्रै समाधान:मेलमिलाप ” भन्ने मूल नाराका साथ नेपालगन्जको मेरो प्लानेट होटलमा तालिम सुरु गरिएको छ ।
तालिममा कानुन व्यवसायी , समाजसेवी , पत्रकार अदालतको कर्मचारी लगायत विविध क्षेत्रको सहभागीता रहेको छ। उक्त मेलमिलाप सम्बन्धि तालिम मिति २०७९ चैत्र १० गते देखि १७ गते सम्म संचालन हुनेछ ।
