सनराइज बैंक सुर्खेतद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण

शिक्षा


सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा रहेको सनराईज बैंक शाखाले  विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।


सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बामेखोलामा ३० हजार बराबरको  शैक्षिक सामाग्री वितरण  गरेको शाखा प्रमुख सुष्मा गिरीले बताउनुभयो ।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर डाँगीले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई सनराईज बैंकको सहयोगले धेरै राहत पुग्ने बताउनुभयो ।
उक्त सामाग्री वितरणमा सनराईज बैंकका कर्णाली  प्रदेश प्रमुख धर्म कुमार बिष्ट र सुर्खेत शाखा प्रमुख सुष्मा गिरी जानुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *