बाँके – नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बरिस्ठ फिजिसियन डा- सुभाष योगी कोभिड महामारीको समयमा पत्रकार महासंघ बाँकेको सहकार्यमा बिरामीलाई सेवा दिनु भएको ले पत्रकार महासंघ बाँकेको साधारणसभामा सम्मानित हुनु भएको हो ।
डा – योगीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा दोसल्ला ओडाएर प्रमाणपत्र सहित सम्मान प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले डा- योगीलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्यका माध्यमबाट चिकित्सक क्षेत्रमा योगदान गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।
