समाजसेवी काफ्लेले गरिन नेपालगन्ज कारागारलाई अटो रिक्सा हस्तान्तरण

अर्थ / बाणिज्य स्थानीय तह


नेपालगन्ज : बाँकेको नेपालगन्जमा  कारागारमा बन्दी जीवन बिताइरहेका बिरामी कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने हेतुले समाजसेवी अम्बिका काफ्लेले नेपालगन्ज कारागार कार्यालय ,बाँकेलाई  ब्याट्री रिक्सा हस्तान्तरण गर्नुभएको छ ।

मानवता नेपाल बाँकेकी अध्यक्ष , जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. की प्रबन्धक समेत रहेकी अम्बिका काफ्लेले बिरामी कैदीबन्दीलाई अस्पताल सम्म लैजानको लागि ब्याट्री रिक्सा कारागार कार्यालय बाँकेलाई सहयोग गरेर अत्यन्तै पुण्यको काम गरेको  जेलर राम कुमार सोनकरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *