नेपालगञ्ज : खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८३ करोड ८५ लाख ४३ हजार रुपियाको अनुमानित बजेट ल्याएको छ ।
शुक्रबार पालिका अध्यक्ष डम्बरबहादुर बि-क-को अध्यक्षतामा बसेको सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गर्नुभएको बजेट चालु आव २०७८/७९ भन्दा बढि रहेको छ । चालु आवमा ८३ करोड ८५ लाख ४३ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
बजेट प्रस्तुत गर्दै मल्लले पालिकाका ८ वडाका लागि ६ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्तहुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको उपाध्यक्ष मल्लले बताउनुभयो ।
यसपालिको बजेटले शिक्षा र कृषिमा मा बढी जोड दिएको छ । शिक्षा तर्फ ३ करोड २६ लाख ८३ हजार र कृषि तर्फ १ करोड ८८ लाख ३७ हजार बजेट विनियोजन गरिएको छ ।

