कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले भने वैज्ञानिकका हातबाट शैक्षिक पुरस्कार पाउदा खुसी छौं

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : शैक्षिक क्षेत्रमा एक कदम अगाडि रहेको बाँकेको नेपालगन्जमा रहेको कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले नेपालका वैज्ञानिक डा. महावीर पुनको हातबाट पुरस्कार पाउदा खुसी भएको बताएका छन् ।

कलेजको नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अन्तिम वर्षका विद्यार्थीलाई विदा गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा नेपालका कृषि वैज्ञानिक डा. महावीर पुनलाई बनाएको थियो ।

गत शुक्रबार स्थानीय होटल बाटिकामा भएको उक्त कार्यक्रममा देश दौडाहामा आफ्नो जीवनी संग सम्बन्धि पुस्तक बिक्रीवितरण गर्दै हिडेका पुनलाई कलेजले प्रमुख अतिथि बनाएको उक्त क्याम्पस कि क्याम्पस प्रमुख मुना हमालले बताउनुभयो ।

उक्त क्याम्पस अहिले महिला क्याम्पस प्रमुख भएर शैक्षिक गतिविधि अगाडि बढाएको छ । बि.बि.एस. अध्यापन हुने क्याम्पस शान्त वातावरणमा सञ्चालन रहेको र विद्यार्थीहरुलाई विविध कार्यक्रमहरु गराउने भएको हुदा नीजि क्याम्पसहरु मध्ये सबैको रोजाइमा पर्ने गरेको क्याम्पस प्रमुख हमालले बताउनुभयो ।

उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु मध्ये प्रथम बर्ष बाट प्रथम हुने  बिशाल नेपाली, द्वितीय वर्षबाट खुस्नुमा बानो र तृतीय वर्षबाट प्रथम हुने बिनिता चलाउने, अतिरिक्त क्रियाकलाप, आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियोे ।

उक्त कार्यक्रम सोही क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको थियोे भने प्रमुख अतिथि डा. महावीर पुन, विशिष्ट अतिथि क्याम्पस प्रमुख मुना हमाल, अतिथिहरुमा समाजसेवी सुरेन्द्र दिप कार्की , क्याम्पसमा अध्यापन गर्ने शिक्षक, शिक्षाकाहरु लगायतको उपस्थिति रहेको क्याम्पस प्रमुख हमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *