कृषि पथ एप अब बर्दियाको  बढैयातालमा

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम  बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को  प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष  डिला देव गिरी तथा ६ न. वडा अध्यक्ष सुक्रराज सापकोटा  तथा स्थानिय जन प्रतिनिधि एवम् सहकारी, एग्रीभेट ब्यापारी, तरकारी ब्यपारी एवम व्यावसायिक किसानहरुको सहभागी थियो ।
कार्यक्रममा संचालक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको महासचिव जि आर भुसालले कृषी पथ एपको बारेमा अभिमुखिकरण गर्नु भयो भने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रशासन तथा लेखा अधिकृतले एप संचालन सम्बन्धि तालिम प्रदान गर्नुभएको थियोे ।
प्रमुख अतिथी हिमालय त्रीपाठीले आफ्नै मोवाइलमा एप प्रयोग गरी कृषिमा बजार ग्यान तथा कारोवारमा यो एप निकै प्रभावकारी हुने र बढैयाताल बासी सबैलाइ एपको प्रयोग गरि लाभ उठाउन आग्रह गर्नु भयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले बढैयातालमा यो अभिमुखिकरण गरेकोमा धन्यवाद दिदै यो कार्यक्रमलाई गाउँ पालिकाले अघि बढाउने बताउनु भयो ।
स्वागत मन्तव्य राख्नु भएको महिला उद्यमी समिती बाँकेको अध्यक्ष सुमित्रा चौधरीले कृषि पथ कार्यक्रम बाँके जिल्लाबाट सुरु भै हाल बर्दिया, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा समेत संचालन रहेको जनाउदै बर्दियाले यसवाट धेरै फाइदा लिन सक्ने बताउनु भयो ।
२ बर्ष मा १ करोड ९२ लाख बराबरको कारोबार भै सकेको जनाउदै बाली संरक्षण तथा बिक्रीमा निकै सहयोगी रहेको बताउनु भयो ।
कृषि पथ मोबाइल एप केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा भेरी वातावरणिय बिशिस्टता समूह बाँके, व्यवसायिक कृषक महासंघको साझेदारीमा संचालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *