माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा चिडिमार र सचिवमा घिमिरे

नेपालगंज बिशेष स्थानीय तह

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा तिरथराम चिडिमार निर्वाचित हुनु भएको छ ।

शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा केपी घिमिरे , कोषाध्यक्षमा सपना परियार, सह–सचिवमा अमर शाही सदस्यहरुमा दामोदर घिमिरे, शम्भुराज भुर्तेल, गिता शाही, रेनुका चन्द ठकुरी, पदम पुन, दुर्गा बि-क-,अमृका रैदास, नरेन्द्र सिंह ठाकुर, भावना शर्मा, शान्ति गिरी, दुर्गा वली, श्वेता तिवारी, रुमा शर्मा, दिपक श्रेष्ठ, गाहर शेष, मुकेश चिडिमार,चित्रबहादुर सुनार, बसन्ती कडरिया,  लगायतका ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुनु भएको छ ।

नेपालगन्ज नगर कमिटी सदस्य तथा वडा नं १२ ईन्चार्ज धर्मराज न्यौपाने, नगर सदस्य शीला श्रेष्ठ, मिना डाँगी, पवन शर्मा, गिता मल्ल लगायतको उपस्थित रहेको थियो । माओवादी केन्द्रको शनिबार देशैभर एकसाथ वडा सम्मेलनहरु सम्पन भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *