नेपालगन्ज : नेपाल सरकारबाट मान्यता प्राप्त क श्रेणीको सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब कार्यालयमा केक काटेर मनाएको छ ।
बैंकले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा नारी वचत खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा एटीएम, मोबाइल बैंकिङ, क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने उक्त शाखाका शाखा प्रमुख दिलिप पंगालीेले बताउनुभयो ।

उक्त सुविधा ग्राहकलाई चैत मसान्तसम्म दिइने बताउदै शाखा प्रमुख पंगालीले आफ्नो शाखाबाट ७ हजारको हाराहारीमा बचत कर्ताहरुले कारोबार गरिरहेको बताउनुभयो ।
बि.पी. चोक शाखाबाट ७ जना कर्मचारीले बैंकिङ सेवा दिइरहेको र अझै सेवामा चुस्त दुरुस्त गर्नका लागि आफ्नो टीम लागिपरेको उहाँले बताउनुभयो ।

