नेपालगन्ज : विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिमको आज सम्पन्न भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यापन गराउनु हुने शिक्षक तथा अन्य क्याम्पसमा अध्यापन गराउनु हुने शिक्षक शिक्षिकाहरुलाई उक्त तालिम दिइएको हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लाममणि आचार्यको अध्यक्षतामा सुरु भएको तिनदिने उक्त तालिमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक तथा पूर्व सहायक डिन शरद चन्द्र ठाकुर रहनु भएको थियोे ।


त्यसैगरी प्रशिक्षण दिने अन्य प्रशिक्षकहरुमा डा- रमेश प्रसाद अधिकारी, डा- इन्द्र बहादुर भण्डारी, डा- चक्र बम, डा- राजेश केशर खनाल, रमेश प्रसाद थारु लगायतका रहनु भएको उक्त कार्यक्रमका संयोजक डा- रमेश प्रसाद अधिकारीले बताउनु भयो । ६५ जना सहभागी रहेको उक्त तालिममा अधिकांश सहभागीहरुले पुनः यस्तै तालिमको आयोजना गर्नका लागि आयोजकलाई अनुरोध गरेका थिए ।


उक्त कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु, सह प्राध्यापकहरु, करार तथा अांशिक लेक्चरहरु, अन्य कलेजका लेक्चरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नु भएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा समाजशास्त्र विषयमा अध्यापन गराउनु हुने तथा तालिममा सहभागी प्राध्यापक जेन्टिल गौतमले बताउनुभयो ।
आज अन्तिम दिन महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख आचार्य , सहायक क्याम्पस प्रमुखहरुको उपस्थितिमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरि कार्यक्रम समापन भएको डा- अधिकारीले बताउनुभयो ।
