नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ बाट स्थानीय चुनाबमा वडा अध्यक्षमा उठेका शम्भु नाथ योगीले जनताले यसपटक विश्वास नगरे पनि आफुहरु निरन्तर जनताको सेवामा जुट्ने बताएका छन् ।
वडा नं १९ बाट ४१७ मत लिएर पराजित भएका योगीले जनताको विश्वासमा कत्ति पनि कमि हुन दिने छैन हामी कहाँ नीर चुक्यौं त्यसको गम्भीर समीक्षा गरेर अगाडि बढ्ने उनले बताए । चुनावको बेलामा साथ र सहयोग गर्ने पार्टी नेतृत्व, वडावासी, शुभेच्छुक, आफ्नो टीमबाट उठेका अन्य सदस्यहरु सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन् ।
वडा नं १९ बाट कांग्रेसबाट परसुराम वर्माले ६३३ मत लिएर विजय भएका उमेदवार लाई बधाई दिदै जनताको भावना अनुसार काम गर्नका लागि अनुरोध समेत गरेका छन् ।

