युवा नेता वली राप्ती सोनारी २ मा विजयी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार तथा युवा नेता ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् ।उनी भारी मतका साथ विजयी भएका हुन् ।

नेपाली कांग्रेसका प्रतिद्वन्दी उम्मेदवार तुलाराम खत्रीलाई ५ सय ३८ मतअन्तरले हराउँदै वली वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा न. २ मा जम्मा ४ हजार ६ सय ५५ खसेको मत मध्ये ४ हजार २ सय ९६ मतको गणना हुँदा ओली ४ सय ४९ मतले अगाडी थिए।जम्मा ३ सय ५९ मत मात्रै गणना गर्न बाँकी रहदाउनको १ हजार ९ सय २९ आएको थियो भने उनका प्रतिद्धण्द्धी कांग्रेसका तुलाराम खत्रीको १ हजार ४ सय ८० मत मात्रै रहेको थियो । यस्तै हसियाँ हथौडाको १ सय ९८ थियो भने हलोको ३ सय ४५ मत थियो ।बाँकी रहेको मत गन्दा वली भारी मतले विजयी भएका हुन् ।

युवा नेताको रुपमा चिनिने वली गएको स्थानीय तहको चुनावमा स‍ही राप्तीसोनारी वडा नम्बर २ बाटै वडा सदस्यमा भारी मतले जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *