नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाँकेको आयोजनामा मे फस्ट अर्थात बैशाख १८ गते आइतबारका दिन भव्य रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन गइरहेको छ ।
जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरीका अनुसार श्रमजीवी श्रमिकहरुले हक अधिकार प्राप्त गरेको दिनको रुपमा मनाउँदै आइरहेको बताउनुभयो ।
नेपालगन्जमा रहेको मेरो प्लानेटमा मनाउन गइरहेको मजदुर दिवसमा बाँके जिल्लामा रहेका श्रमजीवी श्रमिकको उपस्थिति रहने गिरीले बताउनुभयो । बिहान ११ बजेदेखि उक्त दिवस मनाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
