बर्दिया : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बढैयाताल गाउँपालिका वडा नं ३ मा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् ।

नेकपा माओवादी केन्द्र बढैयाताल गाउँपालिका वडा नं ३ मा वडा अध्यक्षमा चुन्ना अहमद, सदस्यहरुमा रुद्र प्रसाद पौडेल, रामचन्द्र थारु, महिला सदस्य पुष्पा बि-क-, दलित महिला सदस्यमा सन्तोषी बि-क-चुनावी मैदानमा होमिएका छन् ।
वडा अध्यक्षमा उम्मेदवार दिएका अहमद राजनीतिमा मात्र नभएर समाजसेवामा समेत सक्रिय रहेका छन् । अहमदका अनुसार जनताको नेता हुन जनताको सेवक हुनु जरुरी छ त्यो कसले गरेको छ भन्ने मुल्यांकन स्वयं जनताले गर्नेछन् । जसले व्यवस्था ल्यायो अब अवस्था बदल्ने हो, जसको नीति उसको नेतृत्व भयो भने मात्र विकासको ढोका खुल्छ त्यसैले गोलाकार भित्रको हसिया हथौडामा मतदान गरेर नेकपा माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी बनाउनु हुन अध्यक्ष अमहदले अनुरोध गरेका छन् ।

