नेकपा एमालेबाट नेपालगन्ज १७ मा वडा अध्यक्षमा उठेका पाठकको उम्मेदवार निर्वाचन आयोगद्वारा रद्ध

नेपालगंज बिशेष स्थानीय तह



नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी निर्वाचन आयोगद्वारा  रद्द गरेको छ । उहाँ मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो । 

एमालेको तर्फबाट मनोनयन गर्नुभएका पाठकलाई सिद्दार्थ  बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको  मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगन्जका  प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उपमहानगरपालिका वडा नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र सञ्जु बंशाकारको उम्मेदवारीसमेत रद्द भएको छ । उहाँहरूको दलित भन्ने प्रमाणित  नभएका कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकनमा  २३ वडा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *