लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तातरण कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२३/२४ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आज क्लबको अध्यक्ष ला. बसन्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इलेक्टेड डिष्ट्रिक गभर्नर ला. मुकुट ढकाल, विशिष्ट अतिथिमा डिष्ट्रिक प्रथम उपाध्यक्ष ला. ज्ञानेन्द्र श्रेष्ठ, प्रथम लेडी ला. मिना ढकाल, लायन्स क्लब अफ नेपालगन्ज भेरीको चार्टर प्रेसिडेन्ट ला. तारा कुमारी रोकाय, जोन चेयर पर्सन सरस्वती मल्ल, बिन्दु चर्ती, डिष्ट्रिक एडभाइजर ला. आभा गौतम लगायतका अतिथिहरुको उपस्थितिमा पद हस्तान्तरण गरिएको हो ।

नयाँ वर्ष २०२३/२४ को अध्यक्षमा ला. जयेश जङ्ग शाह चयन हुनु भएको हो । त्यसैगरी प्रथम उपाध्यक्षमा ला. डा. रोमन किदुवाई, द्वितीय उपाध्यक्षमा ला. डा. खेमा भण्डारी, तृतीय उपाध्यक्षमा ला. बेबी कुमारी मण्डल, सचिवमा ला. प्रेरणा शर्मा, सहसचिवमा ला. पुष्पा सुवेदी, कोषाध्यक्षमा ला. विजया लक्ष्मी के.सी., कार्यक्रम संयोजकमा ला. सृष्टि श्रेष्ठ लगायतका पदाधिकारीहरु चयन भएको अध्यक्ष जयेश जङ्ग शाहले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरु र क्लवका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो अध्यक्ष ला. बसन्ता शर्माले प्रदान गर्नुभएको हो ।

क्लबको सहसचिव ला. पुष्पा सुवेदीले सञ्चालन गरेको कार्यक्रममा क्लबका वर्ष २०१९/२० का अध्यक्ष केपी घिमिरे र वर्ष २०२१/२२ का अध्यक्ष ला. सुमन गिरी श्रेष्ठ, ला. लिडरहरु तारा रोकाय, आभा गौतम, बिन्दु चर्ती मगर, ज्ञानेन्द्र श्रेष्ठ, गभर्नर ला. मुकुट ढकालले क्लबको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि निरन्तरता होस् भन्ने कामना गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *