नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले गठबन्धन नमान्ने निर्णय गरेको छ ।

आज पत्रकार सम्मेलन गरि नगर कमिटीले नेपालगन्ज उपमहानगरपालिका लाई केन्द्रले हेला गरेको भन्दै उपमहानगरपालिका को हकमा २३ वटा वडा नै मेयर उप मेयर सहित एकल लड्ने निर्णय गरेको नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । उक्त पत्रकार सम्मेलनमा नगर अध्यक्ष अध्यक्ष नगर अध्यक्ष रतन बहादुर शाही, नेकपा माओवादी केन्द्र बाँकेका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, मिना चदरा, अादेश अग्रवाल , नगर उपाध्यक्ष बसन्त मल्ल, गोपाल पुन, सचिव प्रेम शाही , कोषाध्यक्ष कश्मिरा खातुन, २३ वटा वडा कै वडा अध्यक्ष, सचिव, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

आज साँझ ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि नगर कमिटीले उक्त जानकारी गराएको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति

