यतिबेला उम्मेद्बार छान्ने चर्चा चलेको छ, उम्मेद्बारी दिने तथा छनौटमा पार्दा यसपाली बाट वडा सदस्य सहित नगर प्रमुख सम्म छनौटमा पुरानो, पैसावाला, पपुलर,सजिलै भोट लिन सक्नेलाइ टिकट दिने खालका चर्चा धेरै सुनिन्छ ।
त्यस्तो नगरी चर्चामा आएका उम्मेद्बारहरुको या उम्मेद्बार बन्न चाहनेका यी बिषयमा खासै चासो लिएको देखिदैन यस्ताखालका अभ्यास यसै निर्वाचनवाट लागू गर्न सकिएमा जित्न पक्कैपनि मद्धत मिल्ने छ ।
१) निर्वाचित हुना साथ जन प्रतिनिधि हुने हो । जनप्रतिनिधि हुनका लागि निर्वाचनमा जित हासिल गर्ना साथ निकै ठुलो काम कर्तव्य तथा अधिकारको सम्पुर्ण ज्ञान छ या छैन ?

२) आगामी ५ बर्षकालागि जनतामाझ पर्टिको प्रतिनिधि सहित जनताको प्रतिनिधि भै काम गर्नु पर्ने हुन्छ । पार्टिको मुद्दाहारु स्थापित गर्न सक्षम छ या छैन ?
३) आगामी ५ बर्षका लागि स्पस्ट कमजोर रहेका बिकासका शुचकहरुलाई माथी उठाउने तथा सुधार भएका बिकासका शुचक ब्यबस्थित गर्ने बस्तुगत गुरुयोजना छ या छैन ?
४) कुनै ठाउँमा नजित्ने सम्भावना बढी भएकोठाउमा जिताउन सकिने, आफ्ना योजना जनता माझ राख्दा जनताले पत्याउने छ कि छैन ? कमजोर भएको ठाउँमा प्रतिनिधि उठाउने मात्र होइन जित हासिल गर्न सकिन्छ या सकिन्न्न ?
५) वडा देखि नगर प्रमुख सम्म निर्वाचनमा होमिन चाहने उम्मेद्बारहरुको बिचमा निर्वाचन जित्न सकिने आधार तथा ५ बर्षे योजनामा प्रतिस्पर्धा भयो भएन ? कार्यकर्ताको माझमा बिस्वस्नियता आर्जेको छ या छैन ? कार्यकर्ताले उक्त उमेदवार आफ्नो प्रतिनिधिको रुपमा स्विकार गर्छन या गर्दैनन् ?
६) उपल्लो तहको नेताको चाकरीगरि पैसा र शक्तिवाट प्राप्त टिकट प्राप्तगर्ने उम्मेद्बारलाई जनताले धुलो चटाइदिएको इतिहास धेरै छन त्यस्तो भै रहेको छ कि छैन ?
७) उम्मेद्बारको हालसम्म जोडिएको विभिन्न ठाउँमा के कस्ता खालका परिवर्तन भए त्यसको बजारले कस्तो अनुभव गर्यो ?
८) पार्टिको ठूलो नेता हुनु र जनप्रतिनिधि भै काम गर्न सक्नु फरक बिषयहरु हुन त्यसैले उम्मेद्बारमा नेता नभै जनप्रतिनिधि झल्कन्छ कि नाइ ?
नोट: कुनै ब्यक्ति र पार्टिलाइ फोकस नभै नित्तान्त निजि बिचार हो !
