नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेजमा रहेका तिनवटा कर्मचारी युनियनहरुले त्यहाँको व्यवस्थापन पक्ष समक्ष ७ बुदे मागपत्र पेश गरेका छन् ।
श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ अनुसार प्रत्येक दुई दुई वर्षमा सामुहिक सौदाबाजीका लागि मागपत्र पेश गरि वार्ता र छलफलबाट आफ्ना मागहरु सम्बोधन गर्ने परिपाटी अनुसार यसपटक पनि मागपत्र पेश गरिएको तीन वटा युनियनको संयोजक रत्ना गिरीले बताइन् ।

मंगलबार शिक्षण अस्पताल नेपालगन्जमा कर्मचारीहरुको भेला पश्चात् गरिएको पत्रकार सम्मेलनमा बोल्दै कर्मचारी संगठनको केन्द्रीय सभापति तथा वार्ता टोलीका संयोजक रत्ना गिरीले व्यवस्थापन पक्षले प्रत्येक साल अहिलेको महंगीलाई मध्यनजर गर्दै तलव भत्ता स्वतह् बढाउनु पर्नेमा त्यसो नगरेको हुदा वाध्य भइ मागपत्र पेश गर्नु परेको बताइन् । तोकिएको समयसम्म मागप्रति वेवास्ता गरिएको खण्डमा वाध्य भएर आन्दोलनमा जाने समेत उनले बताइन् ।
कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्काले १ हजार १२ जना भन्दा बढी कर्मचारीको विगत दुई वर्षदेखि तलव भत्ता नबढेको हुदा मागपत्र पेश गर्नु परेको बताए । उनले भने अस्पताल जस्तो संबेदनसिल ठाउँमा बन्द हडताल गर्ने वातावरण सिर्जना नगराई कर्मचारीहरुका जायज मागलाई व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने बताए ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अध्यक्ष अनिता थापाले युनियनले पेश गरेका ७ बुदा र ४५ उप बुदालाई व्यवस्थापन पक्षले पूरा गर्नुपर्ने बताइन् । उनले महंगीले नेटो काटेको बेलामा स्वतह तलव भत्ता, वृत्ति विकास हुनुपर्नेमा सधैं आन्दोलन नै गर्नुपर्ने परिपाटीको अन्त्य व्यवस्थापनले गर्नुपर्नेमा जोड दिइन् ।
कर्मचारी युनियनका मागहरुमा नेपाल सरकार बराबरको तलव भत्ता हुनुपर्ने, कर्मचारीहरुको ४ पटकसम्म पदोन्नति हुनुपर्ने, सहायक अधिकृत पदलाई हटाइ अधिकृत पद कायम गरिनुपर्ने, कर्मचारीहरुको सेवा अबधिको उमेर हद ६० वर्ष कायम गरिनुपर्ने लगायतका मागहरू रहेका छन् ।
हेर्नुहोस् मागपत्र :






