नेकपा एमाले  नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा दुईजनाको नाम सिफारिस

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा दुईजनाको नाम सिफारिस भएको छ ।

नेकपा एमालेको नगर कमिटीको सिफारिस स्थगित भएपनि जिल्ला कमिटी र प्रदेश कमिटीको बैठकको निर्णयले  कमरेड  दत्त प्रसाद आचार्य र कमरेड पशुपतिदयाल मिश्रालाई मेयर पदका लागि सिफारिस भएको नेकपा एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्यले बताउनुभयो । त्यसैगरी उप मेयरमा भने शान्ति ढकालको मात्र सिफारिस भएको छ ।

नागरिक पथसंगको कुराकानीमा मेयर पदका दावेदार दत्त प्रसाद आचार्यले लामो समयसम्म पार्टीको लागि आफुले त्याग गरेको हुदा केन्द्रबाट सही निर्णय आउनेमा ढुक्क भएको बताउनु भयो । पार्टीले कसको योगदान पार्टीमा बढी रहेको छ मुल्यांकन गरेर टिकट दिनेछ उहाँले बताउनुभयो । उता अर्का मेयर पदमा सिफारिस भएका पशुपतिदयाल मिश्राले पनि पार्टीले  टिकट आफुलाई दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *