नेपालगन्जः कोभिड महामारीको समयमा अहोरात्र खटिएर समाजसेवा, योगदान गरे बापत बाँकेका ५ जनालाई राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसर पारेर जनसेवा श्री पदकबाट विभूषित गरिएको छ ।
आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकेका प्रमुख जिल्ला अधिकारी सिडियो सुर्य बहादुर खत्री, भेरी अस्पताल नेपालगन्जका प्रमुख फिजिसियन डा- राजन पाण्डे , जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरज जङ्ग शाह, भेरी अस्पताल नेपालगन्जमा प्रयोगशाला विभागका प्रमुख प्रसन्न मिश्रालाई सु प्रवल जनसेवा पदकबाट र भेरी अस्पताल नेपालगन्जमा कार्यरत पूर्व कर्मचारी स्टाफ नर्स सुनितालाई प्रसिद्ध प्रबल जनसेवाश्री मन्चम श्रेणी पदकबाट विभुषित गर्नु भएको हो ।

