नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली मुस्लिम समुदायको रोजा इफ्तार कार्यक्रम नेपालगन्जमा सरिक हुनुभएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा रोजा इफ्तार कार्यक्रम नेपालगन्जको न्युरोडमा रहेको होटल रोयल प्यालेसमा पूर्व प्रधानमन्त्री वली आउनु भएको हो । कर्णाली प्रदेश जाने कार्यक्रमको तालिका अनुसार नेपालगन्जमा उक्त कार्यक्रम आएको नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किश्मत कुमार कक्षपतीले बताउनुभयो ।


उक्त कार्यक्रममा बोल्दै वलीले नेकपा एमालेले मुस्लिम समुदायका एजेन्डाहरुलाई लागू गराउने पार्टी भएको बताउनुभयो ।
