नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको नेपालगन्ज कोरियनपुरमा रहेको जे.एस. मा.वि. ले आफ्नो १५ औं वाषिर्कोत्सव तथा विज्ञान कला प्रदर्शनी कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
आज बसन्त पञ्चमी तथा अक्षर आरम्भको दिन पारेर गरिएको वाषिर्कोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, लगायतका कार्यक्रम गरेर हजारौंको संख्यामा उपस्थित भएका अभिभावक तथा विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए ।
उक्त कार्यक्रममा जानकी गाउँपालिकामा गरिएको राष्ट्रपति शिल प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी भएका विद्यार्थीहरु दोस्रो स्थान हासिल गर्न सफल भएको हुदा विद्यार्थी तथा अभिभावकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

विद्यालयका प्रिन्सिपल रेवती प्रसाद देवकोटाले विद्यालयको समग्र गतिविधि र आगामी दिनको कार्ययोजना अभिभावकहरुलाई सुनाउनु भएको थियो । उक्त विद्यालयका एम डी महेन्द्र सेढाईले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता जानकी गाउँपालिका प्रमुख छब्बन खानले गर्नुभएको थियो । त्यसैगरी अतिथिहरुमा विद्यालयका निवर्तमान अध्यक्ष मुना हमाल लगायत विद्यालयका शेयर सदस्यहरु, पत्रकारहरुको उपस्थिति रहेको प्रिन्सिपल देवकोटाले बताउनुभयो ।
आज गरिएको अक्षर आरम्भका दिन नयाँ विद्यार्थीहरु भर्ना गरिएको र अरु विद्यार्थी भर्ना कार्यक्रम निरन्तर रहने प्रिन्सिपल देवकोटाले बताउनुभयो ।

