खजुराका स्थानीय बाल अधिकार समितीलाई क्षमता विकास तालिम

लुम्बिनी प्रदेश बिशेष


नेपालगञ्ज- बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाको स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा र बालविवाह रोकथामका लागि क्षमता विकास तालिम प्रदान गरेको छ ।


क्लबले प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिकाका स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा र बालविवाह रोकथामका लागि २ दिने क्षमता विकास तालिम प्रदान गरेको हो ।
स्थानीय बालअधिकार समिति, समुदायमा आधारित बाल संरक्षण संयन्त्रका पदाधिकारीहारुको यौन तथा लैङ्गिक हिंसा, बालविवाह रोकथाम गर्नको लागि क्षमता बिकाश गर्ने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


परियोजनाको लक्ष्य र उदेश्यमा शतप्रतिशत सफलताका लागि स्थानीय बाल अधिकार समितिको क्षमता अभिबृद्धि गरिएको उहाँले बताउनुभयो ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिक, शिक्षा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्वास्थ्य शाखा प्रमुख, इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज पुस्करराज जोशी, वडा सदस्य, किशोरी, युवा लगायतको उपस्थितिमा सम्पन्न तालिमको सहजीकरण गैर सरकारी संस्था बाँकेका सचिव आशिष बर्माले गर्नु भएको थियो ।
सो परियोजना अन्तर्गत खजुरा र नेपालगञ्जमा महिला स्वयंसेविका र युवाहरु मार्फत कोभिड खोप सम्बन्धि घर दैलो कार्यक्रम गरि जनचेतना फैलाउने उदेश्य  रहेको बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *