नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक अहिले आफ्नो गृह जिल्लामा भेटघाटमा ब्यस्त रहनु भएको छ ।
आज दिनभर उहाँले ७ सातवटा भन्दा बढी संघ संगठनका व्यक्तिहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्नु भएको छ । जस अनुसार बिहान ८ बजे शिक्षक सँगठनका पदाधिकारीहरुसँग,
बिहान ९ बजे नेपाल घरेलु तथा साना उद्योग महासँघ कोहलपुरमा अन्तरकृया तथा छलफल, बिहान ११:२० बजे नेपाल उद्योग व्यापार सँगठन नेपालगँजमा भएको कार्यक्रममा छलफल, दिउसो १२:२५ मा जय श्रीराम शक्ति केन्द्र लाठी समिति नेपालगँजको कार्यक्रममा, दिउँसो १:३० बजे नेपागँजमा प्रेस संगठन नेपालले गरेको अभिनन्दन तथा सुझाव संकलन छलफल कार्यक्रम, दिउँसो ३ बजे बाँके जिल्लाका सिनियर खेलाडीहरुसँग अन्तरकृया तथा छलफल त्यसैगरी ४ बजे देखि नेपालगँजमा बाँकेका सबै पालिकाका ईन्चार्ज अध्यक्ष सचिव सहित पार्टी नेताहरु सँग छलफल गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री गहतराजलाई सम्मान तथा अभिनन्दन गरिएको थियोे ।

