युवा संघ नेपाल बाँकेको नेपालगन्जमा राके जुलुस सहित विरोध सभा

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज : नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लगायतका भातृ संगठनहरुले आज बाँकेको नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेका छन् । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस वि-पी चोकमा पुगेर कोण सभामा समापन गरिएको थियो।

युवा संघका नेता कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय वि-पी चोक क्षेत्र अशान्त भएको थियो ।
मसाल जुलुसको समापन गर्दै युवा संघ बाँकेका इन्चार्ज खेम शर्माले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । शर्माले वर्तमान गठबन्धन निर्वाचन नगर्ने पक्षमा लागेको भन्दै युवाहरुको विरोधको सामना गर्न नसक्ने चेतावनी समेत दिए ।

मसाल जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन, जिल्ला सचिव रत्न खत्री, युबा संघ केन्द्रीय सद्स्य तथा बाँके जिल्ला कमिटि सदस्य कुस्माखर बश्याल युवा संघ बाँकेका संयोजक ज्ञानु वली, जिल्ला कमिटी सदस्य सुमन गिरी, अनिता थापा लगायतको सहभागिता रहेको थियो ।

संघले स्थानीय तहको मिति तत्काल घोषणा गर्न तथा इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता, लिपुलेकको नेपाली भूमीमा भारतले गरिरहेको सडक निर्माण कार्य रोक्नुपर्ने, मास्कमा गरिएको मुल्यवृद्धि फिर्ता लगायतका माग सहित मसाल जुलुस प्रदर्शन गरिएको थियोे  ।प्रदर्शनमा क्रममा प्रहरीसंगको झडपमा अनेरास्ववियु बाँकेका नेता प्रकाश विश्वकर्मा सामान्य घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *