मुल्य वृद्धिका विरुद्ध काठमाण्डौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन



नेपाल सरकारले हालै गरेको मुल्य वृद्धि विरुद्ध काठमाण्डौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शनी गरेको छ ।

आज साँझ ६ बजेतिर रत्न राज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सहितको अनेरास्ववियुले मुल सडकमा प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी गर्दै मुल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको थियो । नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरेको थियो ।

नेकपा एमाले निकट अनेरास्ववियुले गरेको विरोधमा विद्यार्थीहरुले टायर वालेर विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *