पत्रकार गगन पौडेल जोडीले बैबाहिक वर्षगाठमा मानव सेवा आश्रममा सहयोग

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी गगन पौडेल  र उहाँको धर्मपत्नी रुपा पोखरेलले बैबाहिक वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा मिक्सर, नगद तथा फलफूल  त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई उपलब्ध गराएका छन् ।

आज दिउँसो  २ बजे उक्त सेवा आश्रममा गएर केही नगद रुपैयाँ र मसला पिस्नको लागि सहजहोस् भनेर मिक्सर उपलब्ध गराएको पौडेलले बताए ।  सो अवसरमा मानवता नेपाल बाँकेको उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, सचिव केपी घिमिरे, बैबाहिक जोडीका बुबा आमा बिष्णु पोखरेल र मति पोखरेलको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा लक्ष्मी नारायण आमा बुबालाई नास्ता  पनि खुवाइएको थियो । सो मनकारी जोडीलाई सबैलाई विशेष धन्यवाद दिएका थिए । उक्त सं्थामा आइ भगवान रुपी बुबाआमालाई सहयोग गर्नुहुने सबैलाई संस्थाका बाँके जिल्ला संयोजक उर्बिन सापकोटाले बताए ।

पत्रकार गगन पौडेल नागरिक धार अनलाइनका सम्पादक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *