नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजनामा आज बाँकेको नेपालगन्जमा वाइसीएलमा आवद्ध युवाहरुलाई स्वयंसेवक प्रशिक्षण दिएको छ ।

युवाहरूको र्याली सहित भेरी प्राविधिक शिक्षालयको सभा हलमा प्रशिक्षण दिइएको थियोे । उक्त प्रशिक्षणमा नेपालगन्ज उपमहानगरपालिका का २३ वटै वडाका युवाहरु सहभागी भएको वाइसीएल बाँकेका अध्यक्ष किश्मत अलि शेखले बताए । उक्त भेलामा सहभागी युवाहरुलाई नगर कमिटी अध्यक्ष रतन बहादुर शाही, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सहसचिव कमरेड अक्कल बहादुर बम, लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, पूर्व संविधान सभा सदस्य अन्जना, नगर कमिटी उपाध्यक्ष तारा खत्री, बसन्त मल्ल, गोपाल पुन, युवा नेता आदेश अग्रवाल, कोषाध्यक्ष कश्मिरा खातुन, विद्यार्थी नेता तुल्सीमणि केसी लगायतको उपस्थिती रहेको थियोे ।


स्थानीय चुनावलाई मध्यनजर गरेर गरिएको प्रशिक्षण कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सहभागी भएको नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष कमरेड रतन बहादुर शाहीले बताए । उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन विद्यार्थी नेता विनोद बरालले गरेका थिए ।
